महिला क्रिकेट टोलीमा व्यापक हेरफेर भएको छ। नेपाल क्रिकेट संघ क्यानले आज बुधबार खेलाडीको नयाँ वर्गीकरण गरेको हो।
जसअनुसार ए ग्रेडमा पूजा महतोलाई थप गरिएको छ। ए ग्रेडमा पूजासँगै कप्तान इन्दु बर्मा, रुबिना क्षेत्री र सीता राना मगर कायम छन्। पूजा यसअघि सी ग्रेडमा थिइन्।
महिला टोलीको वर्गीकरणमा झन्डै आधा खेलाडी नयाँ आएका छन्। यसअघि वर्गीकरणमा रहेकाहरू बाहिरिएका छन्।
बी ग्रेडबाट कविता कुँवर सी मा घटुवा हुँदा कविता जोशी डी बाट बी मा बढुवा भएकी छन्।
सीमा कविता कुँवरसँगै सम्झना खड्का छिन्। यसअघि इमर्जिङ क्याटागोरीमा थिइन्।
संगीता राई र काजल श्रेष्ठ वर्गीकरण डी बाट बाहिरिए।
यसअघि इमर्जिङ क्याटागोरीमा रहेका शोनी पाख्रिन, खुसी डंगोल, कन्चन श्रेष्ठ, रुवी पोदार, सृष्टी जैशी क्यानको सम्झौतामा अटाउन सकेनन्।
यसपटक समूह डी मा विन्दु रावल, एलिशा यादव, साना प्रविन, रिया शर्मा, सीमाना केसी, सावित्री धामी, रोमा थापा, ईश्वरी विष्ट, क्रिष्मा गुरुङ, जोत्स्निका मरासैनी, रचना चौधरी र मनिषा उपाध्याय परेका छन्। समूह डीमा अधिकांश खेलाडी नयाँ आएका छन्।
क्यानले महिलातर्फ ग्रेड ‘ए’मा रहेकालाई मासिक ५० हजार, ग्रेड ‘बी’कालाई मासिक ३५ हजार, ग्रेड ‘सी’कालाई मासिक २५ हजार, ग्रेड ‘डी’कालाई मासिक २० हजार रुपैयाँ तलब उपलब्ध गराउनेछ। महिला वर्गीकरणबाट इमर्जिङ खेलाडी भने हटाइएको छ।

Shares

प्रतिक्रिया