खेल


भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश

भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश

नेपालखबर
फागुन १४, २०८१ बुधबार २०:२५, भद्रपुर (झापा)

दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को दोस्रो सेमिफाइनलमा भुटानको डागा युनाइटेड एपसीलाई पराजित गर्दै झापा–११ फाइनलमा प्रवेश गरेको छ।

मेची रङ्गशालामा आज भएको खेलमा झापा–११ ले डागा युनाइटेडमाथि ३–१ को जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको आजको खेलको ५५औँ मिनटमा झापा–११ का एरोन थापाले फ्रि किकमार्फत गोल गरे। 

खेलको ८४औँ मिनटमा डागा युनाइटेडका सुरज रसायलीले बराबरी गोल फर्काए। निर्धारित ९० मिनटको खेल हुँदासम्म दुवै टोली १–१ को स्थितिमा थिए।

पाँच मिनट थपिएको इञ्जुरी समयमा भुटान समालिन नसक्दा झापा–११ ले दुई गोल थप्यो। झापा–११ का लागि रोहन कार्की र हरिबहादुर आलेमगरले इञ्जुरी समयमा गोल गरे। आजको खेलको प्लेयर अफ द म्याच झापा–११ का एरोन थापा भए। उनले रू २१ हजार नगद र ट्रफी प्राप्त गरे।

यही फागुन १६ गते शुक्रबार झापा–११ ले आयोजक भद्रपुर ब्लेजर्ससँग उपाधिका लागि खेल्नेछ। आयोजक ब्लेजर्सले बङ्गलादेशको काउर्न बाजार प्रगति सङ्घलाई हराउँदै अन्तिम दुईमा स्थान बनाएको हो। प्रतियोगिताको विजेता टोलीले नगद रू १३ लाख तथा उपविजेता टोलीले नगद रू सात लाख प्राप्त गर्नेछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad