खेल


१४औँ दक्षिण एसियाली खेलकुद पाकिस्तानमा, माघ ९ गते सुरु हुने

१४औँ दक्षिण एसियाली खेलकुद पाकिस्तानमा, माघ ९ गते सुरु हुने

नेपालखबर
फागुन १३, २०८१ मंगलबार १७:५१, काठमाडौँ

१४ औँ दक्षिण एसियाली खेलकुद (साग) आगामी जनवरी २३ (माघ ९) देखि ३१ सम्म पाकिस्तानमा हुने निश्चित भएको छ। दक्षिण एसियाली ओलम्पिक परिषद्को आज लाहोरमा बसेको बैठकले साग जनवरी २०२६ देखि गर्ने निर्णय गरेको हो। 

सागका खेलहरू पाकिस्तानको लाहोर, इस्लामावाद र फैसलावादमा हुनेछन्। दक्षिण एसियाली ओलम्पिक परिषद्को आज लाहोरमा बसेको बैठकले साग जनवरी २३ देखि गर्ने निर्णय गरेको हो।  

दक्षिण एसियाली ओलम्पिक परिषद्का अध्यक्ष तथा पाकिस्तान ओलम्पिक एसोसिएसनका अध्यक्ष खालिद महमूदको अध्यक्षतामा बसेको बैठकले सागमा २७ खेलहरू समावेश गर्ने निश्चित भइसकेको छ।

आयोजक राष्ट्रले थप २ खेल समावेश गर्न पाउने प्रावधान छ। कुनै खेल हटाइएमा वा चारभन्दा कम राष्ट्रले सहभागिता जनाएमा त्यो खेल हटाइनेछ। 

बैठकमा सबै सात दक्षिण एसियाली देशका ओलम्पिक कमिटीका प्रतिनिधिहरूले भाग लिएका थिए, जसमा भारतको ओलम्पिक एसोसिएसनले अनलाइन रूपमा सहभागिता जनाएको थियो।

१३ औँ दक्षिण एसियाली खेलकुद सन् २०१९ मा नेपालमा सम्पन्न भएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad