राजनीति


सरकारले भन्यो : वैदेशिक सहायता लिनेबारे सोच्ने बेला आयो, अघिल्लो सरकारले भ्रष्टाचार गर्दा नेपाल ‘ग्रे लिस्ट’मा पर्‍यो

सरकारले भन्यो : वैदेशिक सहायता लिनेबारे सोच्ने बेला आयो, अघिल्लो सरकारले भ्रष्टाचार गर्दा नेपाल ‘ग्रे लिस्ट’मा पर्‍यो

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ


नेपालखबर
फागुन १३, २०८१ मंगलबार १७:५३, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल सरकारले लिने वैदेशिक सहायता लिने विषयमा धेरै अध्ययन गर्नुपर्ने बताएका छन्। 

मंगगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले वैदेशिक सहायता लिने विषयमा गम्भीर भएर निर्णय लिन आवश्यक रहेको बताएका हुन्।  

'विश्व  राजनीतिमा आएको फेरबदलले नेपालको राजनीतिमा धेरै थोरै असर गरे पनि वैदेशिक सहायता ऋण अनुदानमा असर गरेको थिएन,' उनले भने, 'तर अहिले अमेरिकी सरकारले गरेको निर्णयले गम्भीर हुन र समीक्षा गर्न बाध्य बनाएको छ।'

नेपाल सरकारले कस्तो विषयमा ऋण सहायता लिने कस्तोमा नलिने भनेर अध्ययन गरेर मात्र निर्णय लिनुपर्ने आवश्यकता उनले बताए। 

अमेरिकी सरकारले यूएसएड खारेज गर्ने र एमसीसी कार्यक्रम स्थगन गर्ने निर्णयले पारेको असर बाट नेपालले पाठ सिक्नुपर्ने उनको भनाइ छ। 

गुरुङले अघिल्लो पुष्पकमल दाहाल नेतृत्वको सरकार भ्रष्ट भएको र अनिवार्य गर्नुपर्ने कानुनी सुधारको काम नगरेर सरकार 'ग्रे लिस्ट'मा परेको आरोप लगाए।  

एसिया-प्रशान्त क्षेत्रका सम्पती शुद्धीकरणसम्बन्धी काम गर्ने अन्तरसरकारी समूहले दिएको प्रतिवेदनले औंल्याएको काम नगर्दा ग्रे लिस्टमा परेको उनको दाबी छ।

अब १ वर्षभित्र ग्रे लिस्टबाट बाहिर निस्कने गरी सुधारको काम गर्ने सरकारको तयारी रहेको उनको भनाइ छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad