काठमाडौंमा जारी चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियन्ससिपमा किर्गिस्तानविरुद्ध लेबनानले अग्रता दोब्बर बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको पहिलो हाफ सकिँदा लेबनानले किर्गिस्तानविरुद्ध २–० को अग्रता बनाएको हो।
पहिलो हाफको १३ औँ मिनेटमा क्रिस्टी मोलाउफको गोलमा लेवनानले सुरुवाती अग्रता बनाएको थियो। उनले २५ यार्ड परबाट गरेको सशक्त प्रहार सिधै गोलमा परिणत भएको थियो।
खेलको २२औँ मिनेटमा मे रोज मन्नाको गोलमा लेबनानले अग्रता दोब्बर पार्यो।
183
Shares

प्रतिक्रिया