कारोबार


माघ २१ यता पहिलोपटक सेयरबजारमा ११ अर्ब नाघ्यो कारोबार

माघ २१ यता पहिलोपटक सेयरबजारमा ११ अर्ब नाघ्यो कारोबार

नेपालखबर
फागुन ११, २०८१ आइतबार १५:९, काठमाडौँ

सेयरबजार आइतबार ११.६६ अंकले बढेको छ। 

सोसँगै २७५५.४० विन्दुमा नेप्से पुगेको हो। 

पहिलो दिन उत्साहजनक कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

आज ११ अर्ब ५४ करोडको सेयर किनबेच भएको हो। माघ २१ गतेयता ११ अर्ब बढीको कारोबार भएको यो नै पहिलोपटक हो।

आइतबार लगानीकर्ताहरुले २ करोड १२ लाख कित्ता सेयर बिक्री गरे। 

यस दिन ९१ वटा सेयरको मूल्य बढ्दा १४८ वटाको भने घटेको छ। त्यसैगरी ४ वटाको भने अघिल्लो मूल्यमै कारोबार भएको छ। 

आजको कारोबारमा गार्डियन माइक्रो लाइफको सेयर १० प्रतिशतले बढेपछि लगानीकर्ताले प्रतिकित्ता ७०.९० रुपैयाँ हात पारेका छन्। यसबाहेक कुमारी सबल योजनाको ९.९४ प्रतिशत, छ्याङ्दी हाइड्रोको ८.०२ प्रतिशत, बोटलर्स नेपाल बालाजुको ७.२९ प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीको सेयर ७.०५ प्रतिशतले बढेको छ। 

तर रिलायन्स फाइनान्स, उपकार लघुवित्तलगायतका सेयरधनीले भने आज गुमाएका छन्। 

कारोबारतर्फ हिमालयन रिइन्स्योरेन्सको ९५ करोडको सेयर किनबेच हुँदा सिटिजन लाइफ इन्स्योरेन्सको ६१ करोड, नेपाल पुनर्बीमाको ६० करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ४० करोड र सीईडीबी होल्डिंग्सको ३६ करोडको कारोबार भएको छ। 

नेप्सेका अनुसार आज वाणिज्य बैंक, लगानी, जीवन बीमा, उत्पादन, सामूहिक लगानी कोष, निर्जीवन बीमा र अन्य सूचक हरियो छन् भने बाँकी उपसूचकहरु राताम्य छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad