फरवार्ड नवयुग श्रेष्ठले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनमा पोखरा थन्डर्सबाट खेल्ने भएका छन्।
शनिबार भएको एनएसएलको मिनी अक्सनमा अनसोल्ड भएका नवयुग पोखराबाट खेल्ने भएका हुन्। पोखरा थन्डर्सले नवयुग पोखराबाट खेल्ने जानकारी दिएको हो। नवयुगले पोखरामा राम थापाको स्थान लिने क्लबका अध्यक्ष तथा प्रबन्धक जाम्लिङ घलेले बताए।
नवयुगलाइ पोखरामा अनुबन्ध गरेपछि घलेले भने, राष्ट्रिय टोलीमा लामो समय खेलेको अनुभव भएका उनलाई पोखरामा स्वागत गर्न पाउँदा खुसी लागेको छ।
नवयुग एनएसएलको पहिलो सिजनमा पोखराका मार्की खेलाडी रहेका थिए।
285
Shares

प्रतिक्रिया