राजनीति


प्रतिनिधिसभाबाट पारित दुई विधेयक राष्ट्रियसभामा पेस गरिँदै

प्रतिनिधिसभाबाट पारित दुई विधेयक राष्ट्रियसभामा पेस गरिँदै

फाइल तस्बिर


नेपालखबर
फागुन ११, २०८१ आइतबार १२:४८, काठमाडौँ

प्रतिनिधिसभाबाट पारित भएका दुई महत्वपूर्ण विधेयक आज राष्ट्रियसभामा पेस गरिँदैछ। संघीय संसद्को राष्ट्रियसभा बैठक अपराह्न १:१५ बजे बस्दैछ। जहाँ विधायन व्यवस्थापनसम्बन्धी छलफल हुने कार्यसूची रहेको छ।

राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट पारित भएर प्राप्त 'भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६' र 'विद्युत व्यापार विधेयक, २०८०' का सन्देशहरू सभामा टेबुल गर्नेछन्।

त्यस्तै, विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले 'नेपाल कानुन व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०७९' सम्बन्धी समितिको प्रतिवेदन पनि राष्ट्रियसभामा पेश गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad