खेल


दमकमा आजदेखि मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता

दमकमा आजदेखि मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता

फाइल तस्बिर


नेपालखबर
फागुन ११, २०८१ आइतबार ९:२७, काठमाडौँ

कोसी प्रदेशमा मुख्यमन्त्री राष्ट्रिय महिला भलिबल प्रतियोगिता आज (फागुन ११ गते) सुरु हुँदै छ।

कोसी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नेछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सवको अवसर पारेर दमकस्थित हिमालय माविको खेलमैदानमा राष्ट्रिय भलिबल प्रतियोगिता उद्घाटन गर्न लागिएको बोर्डले जनाएको छ।

प्रतियोगितामा ७ प्रदेश समूहसहित ३ विभागीय टिम- नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित १० टोलीले सहभागिता जनाउने प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (परशुराम)ले जानकारी दिए।

प्रतियोगिताको समापनमा फागुन १७ गते प्रधानमन्त्री ओली पनि आउने उनले जानकारी दिए।

प्रतियोगिताका विजेताहरूलाई नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

प्रथम हुनेलाई ५ लाख, दोस्रोलाई ३ लाख र तेस्रा हुने टिमलाई १ लाख ५० हजार प्रदान गरिनेछ। 

यसैगरी सान्त्वना पुरस्कार ७५ हजार रुपैयाँ राखिएको कोसी खेलकुद विकास बोर्डले जनाएको छ।

प्रतियोगितमा ६ जना उत्कृष्ट खेलाडीलाई जनही १० हजार, प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई ५ हजार, प्लेयर आफ द टुर्नामेन्टलाई २५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने बोर्डले जनाएको छ।

दसौँ राष्ट्रिय प्रतियोगिताको प्रचारात्मक रूपमा कोसी प्रदेश खेलकुद विकास बोर्डले फागुन १३ देखि १८ गतेसम्म प्रदेश खेलकुद महोत्सव आयोजना गर्दै छ।

महोत्सवमा समावेश राष्ट्रिय महिला भलिबल प्रतियोगिता भने आजै सुरु गर्न लागिएको हो।

प्रतियोगितामा ११ प्रकारका खेल हुने बोर्डका सदस्य सचिव बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार, खेलकुद महोत्सवमा प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता, प्रदेशस्तरीय दौड, कबड्डी, डोरी तान, टेबल टेनिस, बाघचाल, बुद्धिचाल, कराँते, तेक्वान्दो र सफ्ट टेनिस प्रतियोगिता हुनेछन्।

१४ वटै जिल्लामा खेल गतिविधि चलायमान बनाउन प्रदेश खेलकुद महोत्सवको आयोजना गरिएको बोर्डले जनाएको छ।

यो प्रतियोगिताले प्रशिक्षक, खेलाडी र खेलप्रतिको आकर्षण बढेको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad