झापा–११ दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मेची रङ्गशालामा शनिबार भएको दोस्रो क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै झापा–११ सेमिफाइनलमा प्रवेश गरेको हो।
झापा–११ का लागि खेलको १४औँ मिनटमा एरोन थापाले गोल गरे। उनले विपक्षी ‘गोलकिपर’ अगाडि बढेको फाइदा उठाउँदै मध्यभागबाट एक्लै बल अगाडि बढाउँदै गोल गरेका हुन्।
चर्च ब्वाइजका लागि खेलको ४१औँ मिनेटमा विक्रम धिमालले बराबरी गोल गरे । प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । खेलको ७९औँ मिनेटमा झापा–११ का कप्तान पेमा तामाङले निर्णायक गोल गरे । झापा–११ का कप्तान तामाङ ‘प्लेयर अफ दी म्याच’ भए।
आइतबार तेस्रो क्वाटरफाइनल खेल न्युरोड टिम र बङ्गलादेशको काउर्न बजार प्रगति सङ्घबीच हुनेछ । प्रतियोगिताको विजेता टोलीले नगद रु १३ लाख तथा उपविजेता टोलीले नगद रु सात लाख प्राप्त गर्नेछन्।
Shares

प्रतिक्रिया