खेल


इङ्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेड हारबाट जोगियो

इङ्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेड हारबाट जोगियो

नेपालखबर
फागुन ११, २०८१ आइतबार ५:५२, काठमाडौँ

खेलको अन्तिम समयतिर गोल गर्दै म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिग फुटबलमा हारबाट जोगिएको छ। 

शनिबार राति भएको खेलमा युनाइटेडले एभर्टनसँग २–२ को बराबरी गर्दै हारबाट जोगिएको हो।  संर्घषपूर्ण खेलको पहिलो हाफमा नै युनाइटेड २–० ले पछि परेको थियो। 

तर खेलको दोस्रो हाफमा युनाइटेडले नाटकीय रुपमा पूनरागमन गर्दै एभर्टनसँग अंक खोस्न सफल भएको हो। 

पहिलो हाफको १९ औँ मिनेटमा बेटोको गोलमा एभर्टनले सुरुवाती अग्रता बनाएको थियो। खेलको ३३ औँ मिनेटमा अब्दुलाए डुकोरेको गोलमा एभर्टनले अग्रता दोब्बर पारेको थियो। 

तर खेलको ७२ औँ मिनेटमा ब्रुनो फर्नान्डेजको गोलमा युनाइटेडले खेलमा फर्कने संकेत गरेको थियो। 

त्यसको आठ मिनेटपछि म्यानुएल उगार्टेले गोल गर्दै युनाइटेडलाई बराबरीको स्थितीमा ल्याएका थिए। 

एभर्टनसँग बराबरी गरेको युनाइटेड ३० अंकमा तालिकाको १५ औँ स्थानमा छ। समान खेलबाट एभर्टन ३१ अंकमा तालिकाको चौथो स्थानमा छ। 

गएराति भएको अर्को खेलमा वुल्भ्सले एएफसी वर्नमाउथलाई १–० ले हराएको छ। 

क्रिस्टल प्यालेसले फुलहामलाई २–० ले हराउँदा टोटनहम हट्सपुरले इप्सविच टाउनमाथि ४–१ को फराकिलो जित दर्ता गर्यो। 

ब्राइटनले साउथहेप्टनलाई ४–० को फराकिलो अन्तरले पाखा लगायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad