वेस्ट ह्याम युनाइटेडसँग पराजित हुँदा दोस्रो स्थानको आर्सनलले शीर्ष स्थानको लिभरपुलसँगको अंक दुरी कम गर्ने सुन्दर मौका गुमाएको छ।
इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनल वेस्ट ह्याम युनाइटेडसँग १–० गोलअन्तरले पराजित भएको हो।
खेलको ४४ औँ मिनेटमा जारोड बोविनको निर्णायक गोलमा वेस्टह्यामले जित दर्ता गरेको हो।
प्रिमियर लिगमा यो उनको ५० औँ गोल हो।
खेलको दोस्रो हाफमा दबाबमा आएको आर्सनल ७३ औँ मिनेटमा १० खेलाडीमा सिमिति बन्न पुग्यो। हारसँगै आर्सनल ५३ अंकमा तालिकाको दोस्रो स्थानमा छ। समान खेलबाट शीर्ष स्थानको लिभरपुलको ६१ अंक छ।
गएराति नै भएको अर्को खेलमा एस्टोन भिल्लासँग चेल्सी २–१ ले पराजित भयो। हारसँगै चेल्सीले अंक तालिकाको चौथो स्थानमा उक्लने सुन्दर मौका गुमाएको छ। २६ खेलबाट ४३ अंक भएको चेल्सी अंक तालिकाको छैटौँ स्थानमा छ।
गएराति कै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनसँग २–२ को बराबरी गर्दै अंक बाँडेको छ।
त्यसैगरि वुल्भ्सले एएफसी वर्नमाउथलाई १–० ले हराएको छ। क्रिस्टल प्यालेसले फुलहामलाई २–० ले हराउँदा टोटनहम हट्सपुरले इप्सविच टाउनमाथि ४–१ को फराकिलो जित दर्ता गर्यो।
ब्राइटनले साउथहेप्टनलाई ४–० को फराकिलो अन्तरले पाखा लगायो।
Shares

प्रतिक्रिया