खेल


एनएसएल: बिकेनन् यी खेलाडी

एनएसएल: बिकेनन् यी खेलाडी

नेपालखबर
फागुन १०, २०८१ शनिबार १३:३१, काठमाडौँ

गोलरक्षक शत्रुधन चौधरी अनसोल्ड भएका छन्। क्याटोगोरी बीका शत्रुधनलाई लिन कुनै टोलीले चासो देखाएनन्। उनी यसअघि वीरगन्ज र बुटवलबाट एनएसएल खेलेका थिए।

गोलरक्षक टिकेन्द्रसिंह थापा गोलाप्रथाबाट बुटवल लुम्बिनी पुगेका छन्। 

क्याटोगोरी बीका टिकेन्द्रलाई लिन धनगढी, पोखरा र बुटवलले  चासो देखाए। उनी २ लाख रुपैयाँमा बिक्री भए। उनी यसअघि धनगढीबाट एनएसएल खेलेका थिए। 

डिफेन्डर विक्रम तामाङ अनसोल्ड भए। क्याटोगोरी बी का विक्रमलाई लिन कुनै टोली इच्छुक देखिएनन्। 

मिडफिल्डर सन्दीप कार्की एनएसएलको अक्सनमा अनसोल्ड भएका छन्। क्याटोगोरी बी का सन्दीपलाई लिन कुनै टोलीले चासो देखाएनन्।

मिडफिल्डर जय गुरुङ १ लाख ५० हजार रुपैयाँमा एफसी चितवनमा पुगेका छन्। क्याटोगोरी बीका जय यसअघि वीरगन्ज र बुटवलबाट एनएसएल खेलिसकेका छन्। 

डिफेन्डर अशोक खवास अक्सनमार्फत १ लाख ५० हजार रुपैयाँमा धनगढी एफसीमा फर्किएका छन्। क्याटोगोरी बीका अशोक यसअघि धनगढी एफसी र झापा एफसीबाट एनएसएल खेलिसकेका छन्। 

फरवार्ड युवराज खड्का अनसोल्ड भएका छन्। क्याटोगोरी बी का युवराजलाई लिन कुनै टोलीले बोली लगाएनन्। उनी पहिलो सिजन वीरगन्जबाट एनएसएल खेलेका थिए।

डिफेन्डर कमल श्रेष्ठ १ लाख ५० हजार रुपैयाँमा काठमाडौँ रेजर्समा पुगेका छन्।

क्याटोगोरी बीका कमललाई काठमाडौँले न्यूनतम रमकमा बिक्री गरेको हो। यसअघि उनले ललितपुर सिटी एफसी र धनगढी एफसीबाट खेलिसकेका छन्। 

मिडफिल्डर भरत खवास अनसोल्ड भएका छन्। क्याटोगोरी ए का भरतलाई लिन एनएसएलका कुनै टोलीले चासो देखाएनन्। 

मिडफिल्डर प्रशान्त लक्षमलाई १ लाख ७० हजार रुपैयाँमा धनगढी एफसीले खरिद गरेको छ।

क्याटोगोरी बीका प्रशान्त उनी यसअघि झापा एफसीबाट एनएसएल खेलेका थिए। 

फरवार्ड जिलेस्पी जंग कार्की सर्वाधिक ४ लाख रुपैयाँमा बिक्री भएका छन्। क्याटोगोरी एका उनलाई लिन दुई टोलीले इच्छा देखाएपछि उनी गोलाप्रथाबाट काठमाडौँ रेजर्समा पुगेका हुन्। 

गोलरक्षक एञ्जल श्रेष्ठ गोलाप्रथाबाट झापा एफसी पुगेका छन्। क्याटोगोरी बीका श्रेष्ठलाई लिन दुई टोलीले चासो देखाएपछि उनी २ लाख रुपैयाँमा बिक्री भएका हुन्।

मिडफिल्डर लक्षु थापा अनसोल्ड भएका छन्। क्याटोगोरी बीका लक्षुलाई लिन एनएसएलका कुनै टोलीले चासो देखाएनन्। 

मिडफिल्डर नवीन लामा २ लाख रुपैयाँमा बिक्री भएका छन्। नवीनलाई ललितपुर सिटी एफसीले २ लाख रुपैयाँमा खरिद गरेको हो।

क्याटोगोरी बीका नवीन यसअघि ललितपुर एफसी र स्पोर्टिङ इलामबाट एनएसएल खेलेका थिए।

डिफेन्डर अविशेक लिम्बु गोलाप्रथाबाट एफसी चितवन पुगेका छन्। अविशेक  ४ लाख रुपैयाँमा बिक्री भएका हुन्। क्याटोगोरी एका अविशेकलाई तीन टोलीले बोली लगाएका थिए।  

मिडफिल्डर हरि कार्की अनसोल्ड भए। क्याटोगोरी बी का हरिमाथि कुनै टोलीले कोली लगाएनन्।

डिफेन्डर आशिष गुरुङ सर्वाधिक ४ लाख रुपैयाँमा बिक्री भएका छन्। क्याटोगोरी एका आशिषलाई ४ टोलीले बोली लगाएपछि उनी गोलाप्रथाबाट झापा पुगेका हुन्।

डिफेन्डर निर्मल बल एनएसएलमा अनसोल्ड भएका छन्। क्याटोगोरी बीका निर्मललाई कुनै टोलीले बोली लगाएनन्।

डिफेन्डर पासाङ लामालाई ४ लाख रुपैयाँमा धनगढी सिटी एफसी खरिद गरेको छ। क्याटोगोरी एका लामालाई धनगढीले सर्वाधिक ४ लाख रुपैयाँमा खरिद गरेको हो। अघिल्लो सिजन बुटवलबाट एनएसएल खेलेका थिए। 

मिडफिल्डर दिनेश हेन्जन गोलाप्रथाबाट काठमाडौँ रेजर्स पुगेका छन्।

उनलाई तीन टोलीले ४ लाख रुपैयाँमा बोली लगाएपछि क्याटोगोरी ए का दिनेश गोलाप्रथाबाट काठमाडौँ पुगेका हुन्। जारी अक्सनमा सर्वाधिक बोली लाग्ने दिनेश दोस्रा खेलाडी हुन्। उनले यसअघि ललितपुरबाट एनएसएल खेलेका थिए। 

मिडफिल्डर विशाल तामाङ गोलाप्रथाबाट पोखरा थन्डर्स पुगेका छन्। क्याटोगोरी बीका विशाललाई तीन टोलीले बोली लगाएपछि उनी गोलाप्रथाबाट पोखरा पुगेका हुन्। उनी २ लाख रुपैयाँमा बिक्री भए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad