नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणमा सहभागी हुने फ्रेन्चाईज टोली घोषणा गरिएको छ।
बिहीबार पत्रकार सम्मेलन गरेर केडिया ग्रुपले लिगमा सहभागी हुने टोली र टिम मालिक घोषणा गरेको हो। केडिया ग्रुपको आयोजनामा हुने लिगमा ६ वटा पुरुष फ्रेन्चाईज टोलीको घोषणा गरिएको हो।

लिगमा गण्डकी प्रदेशलाई प्रतिनिधित्व गर्दै सुमिरा भेन्चरको अन्नपुर्ण स्पाइकर किंग्स, कर्णाली प्रदेशको कर्णाली शिवराज, बागमती प्रदेशको काठमाडौँ रेड्स, सुदूरपश्चिमको खप्तड फाल्कोन्स, मधेश प्रदेसको मधेस वारियर्स र सगरमाथा स्म्यासर्स टोली सहभागी हुने भएका छन्।
एनभीएलमा अझै दुई टोली सहभागी गराइने जनाएको छ। दुई टोलीका लागि आवेदन खुला गरेको छ। एनभीएल आगामी भदौ ४ देखि १३ गतेसम्म हुने केडियो ग्रुपले जनाएको छ।





63
Shares

प्रतिक्रिया