फिफा विश्वकप-२०२६ अन्तर्गत समूह ‘ए’को भर्खरै सकिएको खेलमा मेक्सिकोले चेक गणतन्त्रविरुद्ध ३-० को जित हात पारेको छ।
मेक्सिको जारी विश्वकपको सहआयोजक समेत हो।
मेक्सिको सिटी स्टेडियममा भएको खेलमा मेक्सिकोले सानदार जित निकालेको हो। यो जित अघि नै लगातार दुई जितसहित मेक्सिको विश्वकपको नकआउट चरण पुगिसकेको टोली हो।
उसले समूह चरणका सबै खेल जित्दै ९ अंक जोडेको छ ।
भर्खरै सकिएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। सबै गोल मेक्सिकोले दोस्रो हाफमा गरेको हो।
खेलमा मेक्सिकोका लागि मातेओ चाभेजले ५५ औँ मिनेटमा पहिलो गोल गरे। ६१ औँ मिनेटमा किन्योनेसले दोस्रो र इन्जुरी समयमा अल्भारो फिडाल्गोले तेस्रो गोल गरे।
42
Shares

प्रतिक्रिया