खेल


दक्षिण कोरियालाई १-० ले पराजित गर्दै दक्षिण अफ्रिकाले जोड्यो ४ अंक

दक्षिण कोरियालाई १-० ले पराजित गर्दै दक्षिण अफ्रिकाले जोड्यो ४ अंक

नेपालखबर
असार ११, २०८३ बिहिबार ८:५९, काठमाडौँ

फिफा विश्वकप- २०२६ अन्तर्गत भर्खरै सकिएको समूह ‘ए’को खेलमा दक्षिण कोरियाविरुद्ध दक्षिण अफ्रिका १-० गोलसहित विजयी भएको छ।

पहिलो हाफमा दुवै टोलीले गोलको खाता नखोले पनि दोस्रो हाफमा दक्षिण अफ्रिकाका लागि थापेलो मसेकोले गरेको १ गोल नै खेलमा निर्णायक बन्यो। 

यो जितसँगै दक्षिण अफ्रिकाले ४ अंक जोड्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ।  

यसअघिको १ खेलबाट ३ अंक मात्रै जोडेको दक्षिण कोरिया प्रतियोगिताबाट बाहिरिएको छ। 

समूह ‘ए’बाट समूह विजेता बनेको मेस्किकोको ९ अंक छ। 

केही बेर अघि मात्रै सकिएको समूह ‘ए’कै अर्को खेलमा चेक गणतन्त्रविरुद्ध मेक्सिको ३-० ले विजयी भएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad