खेल


डिफेन्डर एकराज बुढाथोकी सर्वाधिक मूल्यमा पोखरा, यी ४ खेलाडी ‘अनसोल्ड’

डिफेन्डर एकराज बुढाथोकी सर्वाधिक मूल्यमा पोखरा, यी ४ खेलाडी ‘अनसोल्ड’

पोखरा थन्डर्स


नेपालखबर
फागुन १०, २०८१ शनिबार १३:४९, काठमाडौँ

डिफेन्डर एकराज बुढाथोकी गोलाप्रथाबाट पोखरा थन्डर्स पुगेका छन्। पोखराले उनलाई सर्वाधिक २ लाख रुपैयाँमा खरिद गरेको हो।

क्याटोगोरी बी का एकराजलाई लिन तीन टोलीले चासो देखाएका थिए। उनी यसअघि चितवन एफसीमा थिए। 

गोलरक्षक क्रिसल मोक्तान २ लाख रुपैयाँमा पोखरा थन्डर्समा पुगेका छन्। क्याटोगोरी बी का क्रिसललाई लिन पोखरा र ललितपुरले चासो देखाएपछि गोलाप्रथाबाट उनी पोखरा पुगेका हुन्।  

मिडफिल्डर सुरज ज्युठकुरीलाई पोखरा थन्डर्सले २ लाख रुपैयाँमा खरिद गरेको छ। उनी यसअघि वीरगन्ज र पोखराबाट एनएसएल खेलेका थिए। 

डिफेन्डर एन्जल महर्जन गोलाप्रथाबाट काठमाडौँँ रेजर्स पुगेका छन्। उनलाई काठमाडौँले २ लाख रुपैयाँमा खरिद गरेको हो। उनलाई लिन काठमाडौँ, झापा, चितवन र ललितपुरले लिन चासो देखाएका थिए।

क्याटोगोरी बीका एन्जल यसअघि पोखराबाट एनएसएल खेलेका थिए। 

मिडफिल्डर निरज चौधरी अनसोल्ड भए। क्याटोगोरी बीका निरजले अघिल्लो सिजन ललितपुरबाट एनएसएल खेलेका थिए। 

गोलरक्षक पुजन होना एनएसएल अक्सनमा अनसोल्ड भए। क्याटोगोरी बीका पुजन यसअघि पोखरा र चितवनबाट एनएसएल खेलिसकेका छन्। 

मिडफिल्डर रोशन पहाडी १ लाख ५० हजार रुपैयाँमा झापा एफसीमा पुगेका छन्। 

क्याटोगोरी बी का रोशन यसअघि ललितपुरबाट एनएसएल खेलेका थिए। 

मिडफिल्डर रेजिन सुब्बा अनसोल्ड भए। क्याटोगोरी बी का रेजिनलाई लिन कुनै टोली इच्छुक देखिएनन्।

डिफेन्डर दिवाकर चौधरीलाई  काठमाडौँ रेर्जसले खरिद गरेको उनलाई न्यूनतम मूल्य १ लाख ५० हजार रुपैयाँमा काठमाडौँले खरिद गरेको हो। 

क्याटोगोरी बीका राजेश पौडेल अनसोल्ड भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad