यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा मड्रिड डर्बीमा रियल र एथ्लेटिको भिड्ने भएका छन्। शुक्रबार भएको ड्रमा मड्रिड डर्बीमा खेल हुने भएको हो।
पेरिस सेन्ट जर्मेनले लिभरपुलको सामना प्रि-क्वार्टरफाइनलमा नै गर्नेछ। अर्को खेलमा बायर्न म्युनिखले बायर लिभरकुसेनविरुद्ध खेल्नेछ।
पीएसभीले आर्सनलको सामना गर्दा फियोनर्डले इन्टर मिलानविरुद्ध खेल्नेछ।
बेन्फिकाले बार्सिलोनाविरुद्ध खेल्ने तालिका छ। अर्को खेलमा क्लब ब्रुग र एष्टोन भिल्ला तथा डर्टमुन्ड र लिलि अन्तिम १६ मा भिड्नेछन्।
पहिलो लेगका खेलहरू मार्च ४ मा हुनेछन्। दोस्रो लेग मार्च ११ मा हुनेछ।
पहिलो खेल रियलको घरेलु मैदानमा हुनेछ। पीएसजीले घरेलु मैदानमा पहिलो खेल खेल्दा दोस्रो लेगका लागि एनफिल्ड पुग्नेछ। बार्सिलोना पहिलो लेग खेल्न बेन्फिकाको घरेलु मैदान पोर्चुगल पुग्नेछ।

Shares

प्रतिक्रिया