खेल


साम्बाको गोलमा लेबनानविरुद्ध नेपाललाई अग्रता

साम्बाको गोलमा लेबनानविरुद्ध नेपाललाई अग्रता

तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन ८, २०८१ बिहिबार १८:४५, काठमाडौँ

फरवार्ड सावित्रा भण्डारी साम्बाको गोलमा घरेलु मैदानमा जारी फोर नेसन्स अन्तराष्ट्रिय च्याम्पियनसिपमा लेबनानविरुद्ध नेपालले अग्रता बनाएको छ।  

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ जारी रहँदा नेपालले १–० को अग्रता बनाएको हो। 

खेलको ४२ औँ मिनेटमा साम्बाको गोलमा नेपालले सुरुवाती अग्रता लिएको हो।

विमला चौधरीको कर्नरमा सविता रानामगरको हेडर लेवनानले क्लीयर गरेपनि त्यसकै रिवाउण्डमा साम्बाको प्रहर लेवनानकी फराह टेलरलाई लाग्दै गोलमा परिणत भएको थियो। 

खेलको आठौँ मिनेटमा क्रिष्टी मलौफको प्रहार नेपालकी गोलरक्षक एञ्जिाल तुम्बो सुब्बाले पन्च गर्दै जोगाइन्। दशौँ मिनेटमा विमला चौधरीको हेडर क्रसबारको माथिबाट आकाशियो। १३औँ मिनेटमा लाला स्कन्दरको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो। खेलको पन्धौँ मिनेटमा प्रीति राईको प्रहार क्रसबारको माथिबाट बाहिरियो। २२ औँ मिनेटमा रेखा पौडेलको ब्याक पासमा सावित्रा भण्डारीको प्रहार सेकेण्ड बारको नजिकबाट बाहिरियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad