कारोबार


एनसेलले ल्यायो ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ अफर

एनसेलले ल्यायो ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ अफर

नेपालखबर
फागुन ८, २०८१ बिहिबार १९:६, काठमाडौँ

एनसेलले बढ्दो मोबाइल डेटाको मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ गरि दुई डेटा प्याकहरु संचालनमा ल्याएको छ। यी प्याकहरू ग्राहकहरूलाई सधैँ अन राख्न योगदान पुर्याउने प्रतिबद्धता अनुरुप ल्याइएका कम्पनीले जनाएको छ।

कर सहित रु ९० शुल्क रहेको ९० अनलिमिटेड योजनाअन्तर्गत, ग्राहकहरूले दुई दिनसम्म मोबाइल डेटाको अनलिमिटेड मोबाइल इन्टरनेटको भरपुर फाइदा लिन सक्छन्। 

ग्राहकहरूलाई डेटा सहजताको अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको यो अफरले अनलिमिटेड इन्टरनेट प्रयोगको सुविधा सुनिश्चित गर्छ, जसले गर्दा ग्राहकहरू उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवामार्फत सहजै सम्पर्कमा रहन सक्छन्।

यो अफर विषेशत छोटो अवधिको लागि बिना झन्झट इन्टरनेट पहुँच खोज्ने प्रयोगकर्ताहरूका लागि उपयुक्त विकल्प हो।

ग्राहकहरूले एनसेल एपमार्फत वा एष्ट्रिक्स१२३एष्ट्रिक्स४एष्ट्रिक्स१एष्ट्रिक्स४ह्यास डायल गरेर यो ‘९० अनलिमिटेड’ प्याक लिन सक्छन्। कामका लागि होस् वा मनोरञ्जनका लागि, फिल्म होस् वा अनलाइनमार्फत गीतसंगीतको आनन्द लिन वा सामाजिक सञ्जाल जोडिन, यो प्याकले ४८ घण्टासम्म कुनै पनि डेटा सीमा बिना निर्बाधरुपमा इन्टरनेट सेवा प्रदान गर्दछ।

यस्तैगरी, ‘५० डेटा’ प्याक अन्तर्गत ग्राहकले १.१ जीबी मोबाइल डेटा भोल्युम कर सहित मात्र रु. ५० मा पाउन सक्छन्। यो डेटा तीन दिनसम्म मान्य रहन्छ। सुलभ शुल्कमा लामो ३ दिनसम्म प्रयोग गर्न सकिने सुविधा भएकोले यसले डेटा चाहिने तर थोरै प्रयोग गर्ने ग्राहकहरूलाई विषेश महत्व राख्दछ।

ग्राहकहरूले एनसेल एपबाट वा एष्ट्रिक्स१२३एष्ट्रिक्स४एष्ट्रिक्स२एष्ट्रिक्स१ह्यास डायल गरेर सजिलै यो प्याक खरिद गर्न सक्छन्।

यो प्याक इन्टरनेट ब्राउजिङ, मोबाइलमार्फत डिजिटल कारोबार गर्न तथा स्पोटिफाई जस्ता प्लेटफर्महरूमा गीतसंगीतको मजालिने लगायतका कार्यका लागि उपयुक्त छ।

विषेशगरी छोटो छोटा अवधिका लागि डेटा लिन चाहने ग्राहकहरुका लागि डिजाइन गरिएका यी नयाँ डेटा अफरहरू अनलिमिटेड इन्टरनेट होस् वा भोल्युममा आधारित सजिलो इन्टरनेट पहुँच दुवै वर्गका ग्राहकहरुका लागि लाभदायी हुने एनसेलले जनाएको छ।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad