नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि पोखरा थन्डर्सले समीर तामाङलाई मार्की खेलाडीको रुपमा भित्र्याएको छ।
पोखराले मंगलबार समीरलाई मार्की खेलाडीको रुपमा स्वागत गरेको हो। समीरलाई पोखराका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले मार्कीको जिम्मेवारी सुम्पिए।
समीर एनएसएलमा पहिलोपटक मार्की खेलाडी बनेका हुन्। उनले पहिलोपटक मार्की बन्न पाउँदा खुसी भएको प्रतिक्रिया दिए।
‘पोखराले मलाई मार्की खेलाडीको जिम्मेवारी दिएको छ। यसमा धेरै खुसी छु,’ उनले भने।
पोखराले यसअघि आफ्नो प्रशिक्षकमा सुमन श्रेष्ठलाई नियुत्त गरेको थियो। पोखराको कप्तानी भने आयुस घलानले गर्नेछन्।
54
Shares

प्रतिक्रिया