उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले तत्काल निर्णय गर्न सक्ने क्षमता विकासका लागि खेलकुदकाे भूमिका महत्त्वपूर्ण बताएका छन्।
आइतबार 'नेपाल चार्टर्ड एकाउन्टेन्ट स्टुडेन्ट एसाेसियसन'काे आयाेजनामा सुरू भएकाे टी-२० क्रिकेट प्रतियोगिताकाे उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले विद्यार्थीलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनुपर्न आग्रह गरे।
'खेलकुदले खेलाडीकाे स्वास्थ्य त राम्राे हुन्छ नै। तत्काल निर्णय गर्ने क्षमता पनि विकास हुन्छ,' उनले भने, 'अनुशासनकाे विकासका लागि पनि खेलकुदकाे धेरै महत्व छ।'
24
Shares

प्रतिक्रिया