कलाकार जितु नेपाललाई मातृशोक परेको छ। नेपालकी आमा योगकुमारी नेपालको ८९ वर्षको उमेरमा निधन भएको हो।
लामो समयदेखि अस्वस्थ योगकुमारीले आज बिहान ७ बजे आफ्नै निवासमा अन्तिम स्वास फेरिन्।
योगमाया लामो समयदेखि दमको रोगबाट पीडित थिइन्। उनको आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ।
दीपकराज गिरी, सीताराम कट्टेललगायत कलाकारले सामाजिक सञ्जालमार्फत जितुप्रति समवेदना प्रकट गरेका छन्।
453
Shares

प्रतिक्रिया