खेल


इङ्लिस प्रिमियर लिग: आर्सनलसँग लेस्टर सिटी पराजित

इङ्लिस प्रिमियर लिग: आर्सनलसँग लेस्टर सिटी पराजित

नेपालखबर
फागुन ४, २०८१ आइतबार ६:३९, काठमाडौँ

इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनलले लेस्टर सिटीमाथि जित निकालेको छ। 

किङ पावर स्टेडियममा भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई २–० गोल अन्तरले पाखा लगाएको हो। जितसँगै आर्सनलले शीर्ष स्थानको लिभरपुलसँगको अंक दुरी छोट्टाएको छ। 

आर्सनलभन्दा एक खेल कम खेलेको लिभरपुल ५७ अंकमा तालिकाको शीर्ष स्थानमा छ। २५ खेलबाट आर्सनलले ५३ अंक जोडेको छ। तेस्रो स्थानमाको नटिङघम फरेष्टको ४७ र चौथो स्थानको म्यानचेष्टर सिटीको ४४ अंक छ। 

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मिलेक मेरिनोले दोस्रो हाफमा गोल गर्दै आर्सनलको जित सुनिश्चित गरेका थिए। उनले ८१ र ८७ औँ मिनेटमा गोल गर्दै टोलीको जित पक्का गरे। 

गएराति भएको अर्को खेलमा एफसी बर्नमाउथले साउथहेप्टनलाई ३–१ ले हरायो। सिटीले न्युक्यासललाई ४–० को फराकिलो अन्तरले पाखा लगायो। 

अन्य खेलमा फुलहामले नटिङघम फरेष्टलाई २–१ ले हराउँदा एष्टोन भिल्ला र इप्सविच टाउनले एक÷एक को बराबरी गर्दै अंक बाँडे। 

ब्रेनफोर्डले वेष्टह्यामलाई १–० ले हराउँदा एभर्टनले क्रिष्टल प्यालेसमाथि २–१ को जित दर्ता गर्‍याे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad