खेल


सुमन श्रेष्ठ पोखरा थन्डर्सको मुख्य प्रशिक्षकमा नियुक्त

सुमन श्रेष्ठ पोखरा थन्डर्सको मुख्य प्रशिक्षकमा नियुक्त

नेपालखबर
फागुन ३, २०८१ शनिबार १९:१२, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) क्लब पोखरा थन्डर्सको मुख्य प्रशिक्षकमा सुमन श्रेष्ठ  नियुक्त भएका छन्।  

पोखराले शनिबार उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

मुख्य प्रशिक्षक श्रेष्ठलाई पोखराका अध्यक्ष तथा निर्देशक जामलिङ घलेले नियुक्ति पत्र हस्तान्तरण गरे।   

क्लबको मुख्य प्रशिक्षक भएपछि श्रेष्ठले पोखरासँग जोडिन पाउँदा धेरै खुसी लागको बताए।

उनले भने,'पोखरासँग जोडिन पाउँदा धेरै खुसी छु। लिगमा क्लबलाई उपाधि दिलाउन भरपुर मेहनत गर्नेछु।'

सुमनसँग दुई दशकको प्रशिक्षण अनुभव छ। उनले नेपालका सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरुमा लामो समय प्रशिक्षण गराएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad