बागमती


काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो

काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो

फाइल तस्बिर: काठमाडौँ


नेपालखबर
फागुन ३, २०८१ शनिबार १९:२०, काठमाडौँ

आज (शनिबार) दिनभर राम्रोसँग घाम लाग्न नपाउँदा काठमाडौँ उपत्यकामा चिसो बढेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १७.८ डिग्री सेल्सियसमा झरेको छ। हिजो शुक्रबार यो तापक्रम २०.६ डिग्री सेल्सियस थियो। 

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम भने शुक्रबारभन्दा शनिबार (आज) केही बढेको छ। 

मौसम महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस छ। हिजो शुक्रबार यो तापक्रम ६.६ डिग्री सेल्सियस थियो। 

मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ, आकाश सफा रह्यो भने घट्छ। अनि यसको ठीक उल्टो दिउँसोचाहिँ बादल लाग्यो भने घाम नदेखिने भएकाले अधिकतम तापक्रम घट्छ भने आकाश सफा रह्यो र दिनभर घाम लाग्यो भने बढ्छ। 

न्यूनतम तापक्रम भनेको त्यस दिन सबैभन्दा तल झरेको तापक्रम हो भने अधिकतम तापक्रम भनेको सबैभन्दा माथि उक्लिएको तापक्रम हो।

मौसमविद्का अनुसार सामान्यतया न्यूनतम तापक्रम हरेक दिन बिहान ८:४५ बजे तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

मौसमविद् रोजन लामिछानेका अनुसार अहिले राति काठमाडौँ उपत्यकामा छिटपुट पानी पर्ने सम्भावना छ। ‘तर अहिले खासै (पानी पार्ने) बलियो प्रणाली छैन’, उनले भने, ‘त्यसैले वर्षाको त्यस्तो ठूलो सम्भावनाचाहिँ छैन।’ 

आज यस्तो छ, देशका यी स्थानको अधिकतम र न्यूनतम तापक्रम विवरण:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad