खेल


ब्राइटनविरुद्ध नटिङ्‌घमले हान्यो ७ गोल

ब्राइटनविरुद्ध नटिङ्‌घमले हान्यो ७ गोल

नेपालखबर
माघ २०, २०८१ आइतबार ८:२७, काठमाडौँ

इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार रातिको खेलमा नटिङ्‌घम फरेस्टले ब्राइटनलाई फराकिलो अन्तरले हराएको छ। 

डेनिस डन्कले १२औँ मिनेटमा आत्मघाती गोल गरेपछि अघि बढेको फरेस्टले ब्राइटनलाई शून्यकाविरुद्ध ७ गोलले जितेको हो।

क्रिस उडले ह्याट्रिक गरेको खेलमा २५औँ मिनेटमा गिब्स ह्वाइटले गोल गरे। यसपछि ३२औँ मिनेटमा गोल गरेका उडले ६४औँ मिनेटमा अर्को गोल गरे भने ६९औँ मिनेटमा प्राप्त पेनाल्टी उपयोग गर्दै ह्याट्रिक पूरा गरे।

निक विलियमले ८९औँ तथा जोटा सिल्भाले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरे।

अंक तालिकामा फरेस्ट पहिलो र आर्सनल दोस्रो स्थानमा भए पनि अंक भने बराबर ४७ छ।

अब आर्सनल आज (आइतबार) म्यानचेस्टर सिटीसँग भिड्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad