राजनीति


माओवादीले कचनकबलबाट ६ महिने अभियान सुरु गर्ने

सगरमाथाको फेदीमा पुगेर अभियान समापन गर्ने तयारी
माओवादीले कचनकबलबाट ६ महिने अभियान सुरु गर्ने

फाइल तस्बिर


नेपालखबर
माघ २०, २०८१ आइतबार ८:३८, विराटनगर

माओवादी केन्द्रले आगामी फागुन ३ गतेदेखि झापाको कचनकवल गाउँपालिकाबाट हुलाकी राजमार्ग केन्द्रित अभियान सुरु गर्ने भएको छ।  

कचनकवलबाट सुरु हुने अभियान ६ महिनासम्म चल्ने छ। हुलाकी राजमार्ग केन्द्रित यो अभियान देशव्यापी हुने माओवादीले जनाएको छ। 

कचनकबलबाट सुरु हुने अभियान महाकाली पुगेर पुनः मदन भण्डारी राजमार्ग केन्द्रित हुनेछ। त्यसपछि सोलुखुम्बुको सगरमाथाको फेदीमा पुगेर अभियान समापन गर्ने माओवादीको तयारी छ।

हुलाकी राजमार्ग केन्द्रित अभियानका लागि माओवादी केन्द्र झापाको पाँचौँ पूर्ण बैठकले कार्य विभाजन समेत गरेको छ। अहिले पार्टी–कार्यकर्ता परिचालनदेखि गाउँ–नगर अधिवेशन सम्पन्न गर्ने लगायतका कार्यक्रम चलिरहेको पार्टीका जिल्ला सचिव मोहन टुडुले जानकारी दिए।

पार्टीको केन्द्रीय कार्यक्रम अनुसार झापाबाट अभियान सुरु गर्न लागिएको पार्टीका उपमहासचिव हरिबोल गजुरेलले बताए। 

यो अभियानले पार्टी भित्रका अन्तरविरोध हटाउँदै पार्टीलाई मजबुत बनाउने दाबी पनि उनले गरे। ‘पार्टी कमजोर हुनुमा नेताका कमजोरी मात्र जिम्मेवार छैनन्,’ उनले भने, ‘नीतिगत त्रुटिले गर्दा पार्टी कमजोर भएको हो। हामी अब त्यसलाई सच्याएर अघि बढ्छौँ।’

बैठकमा पार्टीकी केन्द्रीय सदस्य धर्मशीला चापागाईँ र इन्द्रबहादुर आङ्बोले पछिल्लो समय माओवादी पार्टीप्रति जनाधार बढ्दै गएको दाबी गरे।  उनीहरुले उत्पादन र रोजगारीको क्षेत्रमा पार्टीले काम गर्नु पर्नेमा जोड दिए। 

केन्द्रीय सदस्य तथा  झापा इन्चार्ज झलकसिंह दर्लामीले पार्टीलाई बलियो बनाउन विशेष अभियान सञ्चालन गर्न लागिएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad