खेल


यू-१९ महिला विश्वकपः आज नेपाल अस्ट्रेलियासँग भिड्दै

यू-१९ महिला विश्वकपः आज नेपाल अस्ट्रेलियासँग भिड्दै

नेपालखबर
माघ ९, २०८१ बुधबार ९:२९, काठमाडौँ

मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकपअन्तर्गत आज (बुधबार) नेपाल अस्ट्रेलियासँग भिड्दै छ। 

पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा स्कटल्यान्डसँग पराजित नेपालले आज तेस्रो खेल खेल्न लागेको हो। 

तेस्रो खेलमा अस्ट्रेलियासँग नेपालको भिडन्त नेपाली समयानुसार दिउँसो १२:१५ बजे सुरु हुनेछ। 

माघ ५ गते पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेट तथा ७ गते भएको दोस्रो खेलमा स्कटल्यान्डसँग १ विकेटले हारेको थियो। 

आजको खेल पनि हारे नेपाल समूह चरणबाटै बाहिरिनेछ।

जारी विश्वकपमा नेपाल समूह ‘डी’मा छ। उक्त समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्यान्ड छन्। 

अस्ट्रेलिया दुई जितसहित ४ अंकका साथ समूह डीको शीर्ष स्थानमा छ भने बंगलादेश र स्कटल्यान्ड २/२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन्। नेपाल भने अंकविहीन रही पुछारमा छ।

विश्वकपको समूह ‘ए’मा आयोजक मलेसिया, भारत, श्रीलंका र वेस्ट इन्डिज छन् भने समूह ‘बी’ मा इङ्ग्ल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका छन्। यस्तै समूह ‘सी’मा न्युजिल्यान्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad