नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन्।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा कप्तान चेम्जोङले प्रधानमन्त्रीलाई एएफसी एसियाकपको छनोट खेल नेपालमै आयोजना गर्नका लागि पहल गरिदिन आग्रह गरेका छन्।
प्रधानमन्त्रीसँगको भेटपछि किरणले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजको दिन विशेष रह्यो। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग भेट्ने मौका मिल्यो। नेपाली खेलकुदप्रति उहाँले देखाउनुभएको माया र प्रतिबद्धताले हामीलाई हौसला मिलेको छ। सम्माननीय प्रधानमन्त्रीज्यूले खेलकुद मनोरञ्जनको साधन मात्र नभएर राष्ट्रनिर्माणको आधार भएको बताउँदै नेपाली फुटबललाई विश्वस्तरमा पुर्याउन देखाउनुभएको दृढ इच्छाशक्ति र सहयोगप्रति हामी आभारी छौँ।’
किरणले नेपाली खेल क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन भविष्यमा महत्वपूर्ण निर्णयहरू हुनेछन् भन्ने विश्वास पनि व्यक्त गरेका छन्।
यस्तै नेपालमै एएफसी एसिया कपको छनोट खेल आयोजना गर्नको लागि प्रधानमन्त्रीलाई पहलकदमीको लागि अनुरोध गरेको र सकारात्मक परिणाम आउनेमा विश्वस्त रहेको बताएका छन्।
Shares

प्रतिक्रिया