नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्सका जयकिसन कोल्सावालले अर्धशतक पूरा गरेका छन्।
उनले ३६ बलमा ४ चौका र २ छक्का सहयोगमा अर्धशतक पूरा गरेका हुन्।
गएराति मात्र नेपाल आइपुगेका कोल्सावालाले एनपीएलको आफ्नो पहिलो खेलमा नै उत्कृष्ट ब्याटिङ गरिरहेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले १ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा ९० रन बनाएर खेलिरहेको छ।
102
Shares

प्रतिक्रिया