कर्णाली याक्सका जयकिसन कोल्सावाल नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा चितवन राइनोजविरुद्ध अर्धशतक पूरा गर्दै आउट भएका छन्।
१३औँ ओभरको चौथो बलमा जयनकिसन रवि बोपाराको बलमा शरद् भेषावकरको हातबाट क्याच आउट भए।
उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। उनले ३६ बलमा ४ चौका र २ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए।
गएराति मात्र नेपाल आइपुगेका कोल्सावालाले एनपीएलको आफ्नो पहिलो खेलमा नै उत्कृष्ट ब्याटिङ गरिरहेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले १३ ओभरको खेल जारी रहँदा ३ विकेटको क्षतिमा ९४ रन बनाएर खेलिरहेको छ।
क्रिजमा विलियन बसिस्टो २७ रनमा नटआउट छन्। अहिले गुल्सन झा आएक छन्।
त्यसअघि ओपनर रित गौतम पहिलो बलमा नै पेभेलियन फर्के। जिसन मक्सुद १४ रनमा क्याच आउट भए।
१२ बलमा १ चौका र १ छक्का हानेका मक्सुद शरद भेषावकरको बलमा रञ्जति कुमारको हातबाट क्याच आउट हुन पुगे।
यो खेलको विजेताले दोस्रो क्वालिफायर खेल्न पाउनेछ। पराजित हुने टोली भने प्लेअफ बाटै बाहिरिनेछ।
Shares

प्रतिक्रिया