खेल


सुदूरपश्चिमसँग संकटमा लुम्बिनी, चौथो ओभरमै गयो ५ विकेट

सुदूरपश्चिमसँग संकटमा लुम्बिनी, चौथो ओभरमै गयो ५ विकेट

जारी खेलमा सुदूरपश्चिम र लुम्बिनी। तस्बिर : सरोज नेपाल


नेपालखबर
मंसिर २२, २०८१ शनिबार ११:२५, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा सुदूरपश्चिमविरुद्ध चौथो ओभरमै लगातार पाँच विकेट गुमाएपछि लुम्बिनी लायन्स संकटमा परेको छ।

इनिङ्सको पहिलो ओभरमै दुई विकेट गुमाएको लुम्बिनीले दोस्रो ओरभमा एक र चौथो ओभरमा लागातार दुई विकेट गुमाएको हो।

इनिङसको पहिलो बलमै ओपनर अर्जुन साउद स्कट कुग्लेजिनको बलमा एलबीडब्लु धरापमा परे। अन्तिम बलमा उन्मुक्त चन्द ४ रन बनाउँदा स्कट कै बलमा एलबीडब्लु धरापमा परे। 

दोस्रो ओभरको पाचौँ बलमा कप्तान रोहित पौडेल ५ रन बनाउँदै क्याच आउट हुन पुगे।

चौथो ओभरको दोस्रो बलमा टोम मोरिस ७ रन बनाउँदै क्याच आउट नै भए। तेस्रो बलमा साद विन जफर पहिलो बलमा नै एलबीडब्लु धरापमा परे।

सुदूरपश्चिमका ब्रान्डोन म्याकमुलेनले ३ तथा स्कट कुग्लेजिनले लगातार २ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८७ रनको योगफल तयार पारेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad