खेल


जितपछि सुदूरपश्चिमका कप्तान दीपेन्द्रले भने: १५० रनको लक्ष्यमा मैदान गएका थियौँ

जितपछि सुदूरपश्चिमका कप्तान दीपेन्द्रले भने: १५० रनको लक्ष्यमा मैदान गएका थियौँ

तस्बिर : सरोज नेपाल


नेपालखबर
मंसिर १८, २०८१ मंगलबार १३:१६, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) क्लब सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले टस हारेपछि पहिला ब्याटिङ आउँछ भनेर मानसिक रूपमा तयार रहेको बताएक छन्।

विराटनगर किंग्सलाई जितेपछि प्रतिक्रिया दिँदै उनले उक्त प्रतिक्रिया दिएका हुन्। 

खेलपछि उनले भने, टस जित्दाको कुरा बेग्लै भयो। १ सय ५० को लक्ष्यमा मैदानमा गएका थियौँ। टोलीम ब्यालेन्स मिलाउन खासै गाह्रो छैन। जसलाई खेलाए पनि कसले राम्रो गर्छ भन्ने नै हो।

आफ्नो भूमिका भने समयअनुसार हुने उनले बताए। 

‘सिच्युएसनले के भन्छ भन्ने हो। सिंगल डबल रोटेड गर्दै खेलेको थिएँ’ उनले भने। 

समर्थकले आफूलाई सधैँ उत्साह थपिरहने उनको भनाइ छ। 

‘समर्थकले सधैँ मलाई मोटिभेट गरिरहेका हुन्छन्। समर्थकको भीडमा नै खेलिरहेको हुन्छु। सबै समर्थकलाई धन्यवाद’, उनले भने, ‘यस्तो माहोल भयो भने नेपाली क्रिकेटले अझ राम्रो गर्छ। एनपीएलले राम्रो गराइरहेको छ। हामीलाई यसरी नै सपोर्ट गर्नुहोला।’

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आजको पहिलो खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनको फराकिलो अन्तरले हराउँदै एनपीएलमा शानदार सुरुवात गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad