खेल


विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयलको शानदार जित

विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयलको शानदार जित

सुदूरपश्चिमले पहिलो जित दर्ता गर्दा विराटनगर किंग्सले भने लगातार दोस्रो हार व्यहोरेको छ (तस्बिर: सरोज नेपाल)


लक्ष्मी जि.सी
मंसिर १८, २०८१ मंगलबार १२:११, काठमाडौँ

नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबारको पहिलो खेलमा विराटनगर किंग्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ।

सुदूरपश्चिमले विराटनगरलाई ९० रनको फराकिलो अन्तरले हराउँदै एनपीएलमा शानदार सुरुवात गरेको हो।

सुदूरपश्चिमले पहिलो जित दर्ता गर्दा विराटनगर किंग्सले भने लगातार दोस्रो हार व्यहोरेको छ।

विराटनगर पहिलो खेलमा जनकपुर बोल्टस्सँग ८ विकेटले पराजित भएको थियो।  

सुदूरपश्चिमले दिएको १ सय ८३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगर १६.१ ओभरमा ९२ रनमा समेटियो।


 
विराटनगरलाई कम स्कोरमा रोक्न सुदूरपश्चिमका स्कट कुग्लेजिन र अविनाश बोहोराले समान ३ विकेट लिए। ब्रान्डोन मुलेन, ईशान पाण्डे र सैफ जैबले समान एक विकेट आफ्नो नाममा गरे। 

विराटनगरका लागि बसिर अहमदले बनाएको २४ रन नै सर्वाधिक रह्यो। राजेश पुलामीले १५ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

पहिलो ओभरमा नै तेस्रो बलमा ओपनर मार्टिन गुप्टिल स्कट कुग्लेजिनको बलमा गोल्डेन डगआउट भए।

तेस्रो ओभरको पहिलो बलमा स्कट कै बलमा निकोलस किर्तोन ५ रन बनाउँदा क्याच आउट हुन पुगे। ओपनर लोकेश बम २ रन बनाउँदै चौथो ओभरको चौथो बलमा पेभेलियन फर्के।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८२ रनको योगफल तयार पारेको थियो। जारी एनपीएलमा बनेको यो सर्वाधिक रनको योगफल हो। 

कप्तान दीपेन्द्र सिंह ऐरी ५७ र वसन्त खत्री ४ रनमा नटआउट रहे। दीपेन्द्रले २३ बलमा ३ चौका र ४ छक्का मद्दतमा अर्धशतक पूरा गरे। दीपेन्दले २४ बलमा ३ चौका ५ छक्का सहयोगमा ५७ रन बनाए। 

छैटौँ विकेटका लागि ऐरी र ईशान पाण्डेले ४७ रनको साझेदारी गरे। ईशान १४ बलमा २ चौका र २ छक्का सहयोगमा ३० रन बनाउँदा रनआउट भए। 

ब्रान्डोन म्याकमुलेन ३६ रन बनाउँदै क्याच आउट हुन पुगे। २६ बलमा २ चौका र २ छक्का हानेका मुलेन बसिर अहमदको बलमा निकोसल किर्तोनको हातबाट क्याच आउट भए। 

स्कट कुग्लेजिन १० रन बनाउँदै क्याच आउट भए। 

सुदूरपश्चिमले तेस्रो विकेटका रुपमा आरिफ शेख पेभेलियन फर्के। ५ बलमा २ चौका हानेका आरिफ बसिर अहमदको बलमा निकोलस किर्तोनको हातबाट क्याच आउट भए।

दोस्रो विकेटका रुपमा ओपनर विनोद भण्डारी २३ रन बनाउँदै पेभेलियन फर्के। २० बलमा ४ चौका हानेका भण्डारी अनिल खरेलको बलमा प्रतिस जिसीको हातबाट क्याच आउट हुन पुगे। 

ओपनर अमित श्रेष्ठ दोस्रो ओभरको अन्तिम बलमा इसमात आलमको बलमा १ रन बनाउँदै क्याच आउट भए। 

विराटनगरका लागि अनिल खरेलले ३ विकेट लिए। क्रिस सोले, इस्लाम आलम र बसिर अहमदले समान एक विकेट आफ्नो नाममा गरे। 

आजै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोज भिड्नेछन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ। चितवन लगातार दोस्रो जितको खोजीमा हुँदा पोखराले पहिलो खेल खेल्न लागेको हो। 

चितवनले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई ५ विकेटले हराएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad