फिल्म ‘माइतीघर’ अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित भएकी छिन्।
उनी यस फिल्ममा मुख्य भूमिकामा देखिने निर्माण टिमले जनाएको छ।
यस फिल्मको उपासनासहित कलाकार केदार घिमिरे अनुबन्धित भएका निर्माता रोहित अधिकारीले जानकारी दिए। फिल्मको लागि अन्य चर्चित कलाकारहरुसँग पनि कुराकानी भइरहेकोसमेत उनले सुनाए।
सामाजिक कथावस्तुमा निर्माण हुन लागेको यस फिल्मलाई मिलन तामाङले निर्देशन गर्नेछन्। साथै फिल्मको प्रदर्शन मितिसमेत तोकिएको छ। यो फिल्म आगामी वर्षको दसैँमा रिलिज हुनेछ।
फिल्मको छायांकन केही महिनापछि सुरु हुँदैछ। यतिखेर फिल्मको स्क्रिप्टको काम अन्तिम चरणसहित कलाकार छनोट प्रक्रियामा छ। फिल्मको लेखक रामशरण पाठक हुन्।
५९ वर्षअघि यसै नामबाट फिल्म ‘माइतीघर’ बनेको थियो। जुन निजी क्षेत्रको लगानीबाट बनेको पहिलो फिल्म समेत हो। त्यहीँ नाम सापटी लिएर रोहितले यो फिल्म बनाउन लागेका हुन्।
रोहितले यसअघि ‘गाजलु’, ‘छ माया छपक्कै’ र ‘फर्की फर्की’ जस्ता फिल्म निर्माण गरेका थिए।
Shares

प्रतिक्रिया