खेल


नेपाल प्रिमियर लिग : विश्वविजेता सोहेल तनविर चितवन राइनोजमा

नेपाल प्रिमियर लिग : विश्वविजेता सोहेल तनविर चितवन राइनोजमा

नेपालखबर
मंसिर १३, २०८१ बिहिबार २०:३०, काठमाडौँ

नेपाल प्रिमियर लिग सुरु हुन २ दिनदिन अघि चितवन राइनोजले पाकिस्तानका सोहेल तनविरलाई अनुबन्ध गरेको छ। पाकिस्तानका पूर्व विश्वकप विजेता समेत रहेका तनविरलाई अनुबन्ध गरेको चितवनले बिहीबार साँझ घोषणा गरेको हो। 

कुशल मल्ल मार्की खेलाडी रहेको चितवनले बाँया हाते पेस बलरलाई अन्तिम समयमा अनुबन्ध गरेको हो। यसअघि दक्षिण अफ्रिकाका डे लाङलाई अनुबन्ध गरेको भए पनि उनी चोटका कारण खेल्न नसक्ने भएपछि सोहेललाई अनुबन्ध गरेको हो। 

सोहेलले राजस्थान रोयल्सबाट आईपीएल जितेका थिए भने पाकिस्तान सुपर लिग विजेता पनि हुन्। पाकिस्तानबाट सन् २००९ को टी २० विश्वकप जित्दा उनी टोलिका महत्वपुर्ण सदस्य थिए। 

‘मैले यसलाई एक चूनौतिका रुपमा लिएको छु। नेपाल गएर हजारौं नेपाली क्रिकेट फ्यानहरुका सामु चितवन राइनोजको प्रतिनिधित्व गर्दा अत्यन्त गौरवशाली अनुभुति हुनेछ। मलाई लाग्छ नेपालमा पनि पाकिस्तानी क्रिकेट टिमका धेरै फ्यानहरू छन्’, सोहेलले भने।

उनको अनुबन्धले टिममा नयाँ ऊर्जा थपेको र डे लाङको अभावलाई खड्किन नदिने चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad