खेल


कोरोना महामारीको त्रासपछि रोनाल्डो पनि क्वारेन्टाइनमा

कोरोना महामारीको त्रासपछि रोनाल्डो पनि क्वारेन्टाइनमा

नेपालखबर
फागुन २९, २०७६ बिहिबार ८:५४,

आफू आवद्ध फुटबल क्लब युभेन्ट्सका डिफेन्डर डेनिली रुगानीमा कोरोनाको पुष्टि भएपछि रोनाल्डोले घरमै क्वारेन्टाइनको नियम पालना गरिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

हाल डेनिलीको उपचार भइरहेको छ। गत आइतबारमात्र इन्टर मिलानलाई पराजित गरेपछि डेनिलीले एक सामूहिक तस्बिर सार्वजनिक गरेका थिए। उनीसँगै तस्बिरमा रोनाल्डो पनि देख्न सकिन्छ।

कोरोना प्रमाणित हुनपूर्व डेनिलीसँग रोनाल्डोसहित अन्य खेलाडीले एकै ड्रेसिङ रुमको प्रयोग गरेका थिए।

डेनिली

हाल रोनाल्डो मादेरास्थित घरमै छन्। हाल डेनिलीसँग सम्पर्कमा रहेका सबै खेलाडीलाई क्वारेन्टाइनमा राखिनु पर्ने आवाजहरु उठ्न थालेको छ।

युभेन्ट्स इटालिएन फुटबल क्लब हो। इटाली चीनपछि कोरोनाबाट सैबभन्दा ग्रस्त मुलुक हो।

हाल इटालीका सबै ६ करोड नागरिकलाई घरबाट बाहिर निस्कन दिइएको छैन। यसैबीच इटालियन सिरी ए फुटबल पनि अप्रिल ३ सम्म स्थगित भएको छ। एजेन्सी

Image

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad