खेल


एन्फाले भन्यो : रंगशालाभित्र लिपिस्टिक नबोक्नु, पानीका बोतल नल्याउनु

एन्फाले भन्यो : रंगशालाभित्र लिपिस्टिक नबोक्नु, पानीका बोतल नल्याउनु

नेपालखबर
कात्तिक १३, २०८१ मंगलबार १६:६, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यही कात्तिक १४ गते हुने साफ महिला च्याम्पिसयनसिपको फाइनल खेल हेर्न आउने दर्शकका लागि दशरथ रंगशालाभित्र प्रवेश गर्दा कतिपय वस्तु ल्याउन निषेध गरेको छ।

मंगलबार सूचना प्रकाशित गरी एन्फाले खेल मैदानमा उपस्थित व्यक्तिहरूको सुरक्षा र व्यवस्थित वातावरणलाई मध्यनजर गर्दै, केही सामग्रीहरूमाथि रंगशाला  भित्र लैजान निषेध गरिएको जनाएको छ।

एन्फाका अनुसार प्रतिबन्धित सामग्रीहरू यस्ता छन् :
१) हातहतियारः बन्दुक, छुरा, र अन्य कुनै पनि प्रकारका धारिला, हातहतियार।

२) धुम्रपान र आगो बाल्ने सामग्रीः चुरोट, लाइटर, सलाइ आदि।

३) मादक पदार्थः मदिरा र अन्य नशालु पदार्थहरू।

४) झोला र ठूला ब्यागहरूः साना ब्यागहरू जाँचपछि मात्र अनुमति दिइनेछ, तर ठूला ब्यागहरू निषेध गरिएका छन्।

५) हेल्मेट र सुरक्षात्मक उपकरणहरूः हेल्मेट र यस्तै सुरक्षा सामग्रीहरू।   

६) प्रचार सामग्रीः अनुमति बिना ब्यानर, झण्डा, पोस्टर आदिमा निषेध।

७) प्रक्षेपण गर्न मिल्ने वस्तुहरूः पानीको बोतल, क्यान, पत्थर, र अन्य फ्याँक्न मिल्ने, धातुका मुद्रा क्याइन, सामग्रीहरू।

८) लेजर लाइटः खेलाडी तथा रेफ्रीलाई लक्षित गर्ने लेजर लाइट।

९) ड्रग्स र अन्य अवैध पदार्थः कुनै पनि प्रकारका लागू औषधहरू।

१०) छाता, लिबिस्टिक, नेल कटर, कैँची, काइयो।

‘एन्फाको तर्फबाट सबै दर्शकहरूलाई सुरक्षित र शान्तिपूर्ण वातावरणमा खेलको आनन्द उठाउन अनुरोध छ’ सूचनामा भनिएको छ, ‘सबैले नियमहरूको पालना गरी खेलकुदप्रति सम्मान जनाउनु हुनेछ भन्ने अपेक्षा राखिएको छ।’

यसअघि आइतबार नेपाल र भारतबीच भएको सेमीफाइनल खेलमा केहीबेर तनाव भएपछि एन्फा रंगशालाभित्रको सुरक्षाप्रति थप संवेदनशील भएको हो।

साफ महिला च्याम्पियनसिप अन्तर्गत कात्तिक १४ गते नेपाल र बंगलादेशबीच फाइनल खेल हुँदैछ। फाइनलका लागि एन्फाले बुधबार बिहान ८ बजेदेखि तीन ठाउँबाट टिकट बिक्री गर्दैछ।

साफ महिला च्याम्पियनसिप : तीन ठाउँबाट टिकट बिक्री हुने, माउन्ट एभरेस्टसँगको सम्झौता रद्ध

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad