खेल


साफ महिला च्याम्पियनसिप फाइनल : माउन्ट एभरेस्टसँगको सम्झौता रद्द, टिकट बिक्री तीन ठाउँबाट

साफ महिला च्याम्पियनसिप फाइनल : माउन्ट एभरेस्टसँगको सम्झौता रद्द, टिकट बिक्री तीन ठाउँबाट

नेपालखबर
कात्तिक १३, २०८१ मंगलबार १५:३८, काठमाडौँ

साफ महिला च्याम्पियनसिप फाइनलका लागि बुधबार (कात्तिक १४ गते) बिहान ८ बजेदेखि टिकट बिक्री हुने भएको छ।

भोलि दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन ठाउँबाट टिक बिक्री गर्ने जनाएको हो।

एन्फाका अनुसार एन्फा कम्प्लेक्स सातदोबाटो, जाउलाखेल र आर्मी ब्यारेक नजिक गरी तीन ठाउँबाट टिकट बिक्री हुने छ।

साधारणतर्फ १० हजार र भीआईपीका लागि १ हजार टिकट मात्रै बिक्री गरिने एन्फाले जनाएको छ।

यस्तै, एन्फाले माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिसँग टिकट बिक्री सम्झौता रद्द गरेको छ भने अनलाइनबाट समेत नबेच्ने भएको छ। यसअघि फाइनल खेलका लागि अनलाइन टिकट खरिद गरेकाहरूको पैसा भने फिर्ता गरिने भएको छ।

यसअघि सोमबार सूचना प्रकाशित गरी एन्फाले ‘अर्को सूचना जारी नभएसम्मका लागि’ टिकट बिक्री बन्द गरेको थियो।

कात्तिक ११ गते आइतबार दशरथ रंगशालामा भएको सेमीफाइनल खेलअन्तर्गत नेपाल र भारतबीचको खेलमा संघसँगको सम्झौताविपरीत रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको’ भन्दै एन्फाले माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिसँगको सम्झौता भंग गरेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad