महिला साफ च्याम्पियनसिप-२०२४ मा सहभागी हुन बंगलादेशको टोली पनि नेपाल आइपुगेको छ।
बिहीबार सुरु हुने प्रतियोगितामा सहभागी हुन बंगलादेशको टिम आज बिहान काठमाडौँ आइपुगेको हो।
यसअघि सोही प्रतियोगिताका लागिमाल्दिभ्स र पाकिस्तानका टोली नेपाल आइसकेका छन्।
माल्दिभ्स प्रतियोगिताको समूह ‘बी’ मा छ। उसका प्रतिद्वन्द्वीमा आयोजक नेपालसँगै भुटान र श्रीलंका छन्। माल्दिभ्सको पहिलो खेल शुक्रबार श्रीलंकाविरुद्ध हुने छ।
बिहीबार हुने उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्नेछन्।
समूह ‘ए’मा बंगलादेश, भारत र पाकिस्तान छन्।
27
Shares

प्रतिक्रिया