गायक सुगम पोखरेलको नयाँ गीतिसंग्रह ‘नवमी’मा रहेको ‘सबैको हुन खोजेर’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ।
उक्त गीतमा शब्द र संगीत सुगम स्वयंका हुन् भने संगीत संयोजन शिवम रसाइलीले गरेका छन्।
आफ्नो फरक प्रस्तुतिसहित भिडिओमा प्रस्तुत भएका सुगमलाई कलाकारहरू सुनिता शेरचन, ममता प्रसाईं र जेबिशा दाहालले साथ दिएका छन्। गीतको म्युजिक भिडिओ अल्टिमेट सिजापति ब्यानरमा बनेको हो।
आफ्ना अन्य गीतजस्तै यो गीतलाई पनि सबै दर्शक/स्रोताले मन पराउने आशा सुगमले गरेका छन्।
गीतिसंग्रह ‘नवमी’ सुगम को ९औँ संग्रह हो।
39
Shares

प्रतिक्रिया