खेल


भारतलाई हराउँदै अस्ट्रेलियाले जित्यो महिला टि–ट्वान्टी विश्वकपको उपाधि

भारतलाई हराउँदै अस्ट्रेलियाले जित्यो महिला टि–ट्वान्टी विश्वकपको उपाधि

नेपालखबर
फागुन २५, २०७६ आइतबार १०:१३,

एलिसा हेली र बेथ मोनीको शतकीय साझेदारी मद्दतमा अस्ट्रेलियाले आईसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि उचालेको छ।

घरेलु मैदानमा भएको खेलमा अस्ट्रेलियाले भारतलाई ८५ रनले पराजित गर्दै पाँचौ पटक उपाधि रक्षा गरेको हो। अस्ट्रेलियाले यस अघि सन् २०१०, २०१२, २०१४ र २०१८ मा विश्वकप टि–ट्वान्टीको उपाधि उचालेको थियो।

अस्ट्रेलियाले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको भारतले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ९९ रन मात्र जोड्न सक्यो।

पहिलो पटक उपाधि उचाल्ने भारतको योजना सुरुवाती ब्याट्स वुमन चल्न नसक्दा अधुरै रह्यो। लगातार विकेट पतन हुँदा दबाबमा आएको भारतले ३ दशमलव १ ओभरमा ४ ब्याट्सवुमन गुमाइसकेको थियो।

भारतकी तानिया भाटिया २ रन जोड्दा रिटार्यट हर्ट हुदै पवेलियन फर्किइन्। ओपनर ब्याट्सवुमन सफली वर्मा २ र स्मृति मन्दना ११ रन जोड्दै पवेलियन फर्के।

हरमनप्रित गौर ४ रनमा आउट हुँदा जेमिमाह रोड्रिग्सले खातै खोल्न सकिनन्। अस्ट्रेलियाका लागि जेस जोनासेनले २ तथा सोफी मोलिनेक्सले १ विकेट लिए।

त्यसअघि मेलवर्न क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली अस्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८४ रनको योगफल तयार पारेको थियो।

अस्ट्रेलियाका ओपनिङ ब्याट्सवुमन एलिसा हेली र बेथ मोनीले १ सय १५ रनको उत्कृष्ट साझेदारी गरे। बेथ मोनी ७८ र निकोला क्यारी ५ रनमा नटआउट रहे। ५४ बलको सामना गरेकी मोनीले १० चौका हानिन्।

७५ रनको महत्वपुर्ण योगदान दिएकी हेली राधा यादवको बलमा वेद कृष्णमुर्तिको हातबाट आउट भइन्। ३९ बलको सामना गरेकी उनले ५ छक्का र ७ चौका प्रहार गरिन्।

तेस्रो नम्बरमा ब्याटिङमा आएकी मेग ल्यानिंग १६ रन जोड्दा पवेलियन फर्किन्। १५ बलमा उनले २ चौका हान्दै १६ रन जोडिन्। राहेल हेनेशले ४ र एशलेग गार्डनर २ रन जोड्दा आउट भए।

भारतका लागि दिप्ती शर्माले २ तथा राधा यादव र पुनम यादवले एक–एक विकेट लिए। शर्माले आफ्नो स्पेलमा ३८ रन खर्चेर २ विकेट झारेकी हुन्। आजको खेलमा शिखा पाण्डे निकै महंगो सावित भइन्।

उनले आफ्नो स्पेलमा ५२ रन खर्चेपनि कुनै विकेट लिन सकिनन्। राजेश्वरी गायकवाडले ४ ओभरमा २९ रन दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad