प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाले त्रिवि शिक्षण अस्पताल पुगेका छन्।
उनले चिकित्सकसँग प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका छन्।
प्रधानमन्त्री ओलीले फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका थिए।
चिकित्सकहरुले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताएका छन्।

प्रतिक्रिया