खेल


मुश्ताक नेपाल आउने

मुश्ताक नेपाल आउने

नेपालखबर
फागुन २५, २०७६ आइतबार ९:११,

पाकिस्तानका पूर्वखेलाडी सक्लेन मुश्ताक नेपाल आउने भएका छन्। वाई वाई ग्रेट हिमालय क्रिकेट एकेडेमी (जीएचसीए)ले मुश्ताकलार्ई नेपाल ल्याउन लागेको हो।

मुश्ताक आगामी वैशाख २ देखि ९ गतेसम्म नेपाल आउन लागेको जीएचसीएले जनाएको छ। ४३ वर्षीय मुश्ताकले ४९ टेष्ट, १ सय ६९ ओडीआई, १ सय ९४ प्रथम श्रेणी, ३ सय २३ लिष्ट ए खेलेका छन्। उनले सन् १९९५ मा श्रीलंकाविरुद्ध टेष्ट र ओडीआईमा डेब्यू गरेका थिए।

टेष्टमा मुश्ताकले २ सय ८ विकेट लिएका छन् भने ९ सय २७ रन बनाएका छन्। त्यस्तै ओडीआईमा २ सय ८८ विकेट लिएका छन्। उनी ओडीमाईमा १ सयदेखि २ सय ५० विकेट सर्वाधिक छिटो पूरा गर्ने बलर समेत हुन्।

विश्वका सफल स्पिनरमा परिचित उनी गत जुलाईमा इंग्ल्यान्डले पहिलो पटक एकदिवसीय विश्वकप जित्दा बलिङ प्रशिक्षक थिए। उनले प्रशिक्षकको रुपमा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अष्ट्रलिया, पाकिस्तान र बंगलादेशको टोलीलाई समेत सम्हालिसकेका छन्।

सन् २०१३ देखि सञ्चालनमा आएको जीएचसीएले शान्तिनगर र हात्तीवनमा एकडेमीबाट प्रशिक्षण दिँदै आएको छ। जीएचसीएले अघिल्लो महिनादेखि ललितपुरस्थित हात्तीवनमा आधुनिक आवासीय सेवा सुविधासहितको एकेडेमी सञ्चालनमा ल्याएको छ।

सन् २०१३ देखि सञ्चालनमा आएको यस वाई वाई ग्रेट हिमालय क्रिकेट एकेडेमीबाट हालसम्म नेपाली सिनियर टोलीका युवा ओपनर ईशान पाण्डे, यू१९ टोलीका स्पिनर सागर ढकाल, अभिषेक बस्नेत, हिमान्शु दत्त, प्रकाश विष्ट, विवेककुमार यादव, यू १६ का प्रशान्त सिंह, विशाल पटेल, दिपक बोहराजस्ता खेलाडी उत्पादन गरि सकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad