ad ad

खेल


एआईपीएस एसिया र सीएमआर नेपालबीच खेल पत्रकार प्रशिक्षणका लागि सम्झौता

एआईपीएस एसिया र सीएमआर नेपालबीच खेल पत्रकार प्रशिक्षणका लागि सम्झौता

नेपालखबर
भदौ २७, २०८१ बिहिबार १६:३९, काठमाडौँ

एसियाली खेलकुद पत्रकारहरूको छाता संगठन एआईपीएस एसिया र क्यापासिटी अफ मिड क्यारियर जर्नालिस्ट (सीएमआर नेपाल) बीच खेल पत्रकार प्रशिक्षणका लागि सम्झौता भएको छ।

एआईपीएस एसियाको २५औं एसिया कंग्रेसको अवसरमा बिहीबार दुई पक्षबीच सम्झौता हो। सम्झौता पत्रमा एआईपीएस एसियाका अध्यक्ष ही दोङ जङ र सीएमआर नेपालका निर्देशक उज्ज्वल आचार्यले हस्ताक्षर गरे।

सम्झौताअनुरूप सीएमआर नेपालले एआईपीएस एसियालाई हरेक सेसनमा दुई जना खेलपत्रकारलाई प्रशिक्षण कोटा प्रदान गरेको छ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आंशिक छात्रवृत्तिमा एआईपीएस एसियाको प्रशिक्षण कोटा प्राप्त गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .