ad ad

खेल


लामाचौर कप भलिबल फाइनल : एपीएफको प्रतिद्वन्द्वी पुरुषतर्फ पुलिस- महिलातर्फ न्यु डायमण्ड

लामाचौर कप भलिबल फाइनल : एपीएफको प्रतिद्वन्द्वी पुरुषतर्फ पुलिस- महिलातर्फ न्यु डायमण्ड

फाइल फोटो


नेपालखबर
भदौ २०, २०८१ बिहिबार १९:५७, काठमाडौँ

लामाचौर कप खुल्ला भलिबल च्याम्पियनसिपको फाइनलमा एपीएफको दुवै टिम पुगेका छन्। एपीएफ महिला र पुरुष दुवैतर्फ फाइनलमा प्रवेश गर्न सफल भएको हो।

फाइनलमा एपीएफले पुरुषतर्फ नेपाल पुलिस र महिलातर्फ टिपटप न्यु डायमण्ड युथ स्पोर्टस क्लबलको सामना गर्ने भएको हो। नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरा १९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा लिग चरणका खेल सकिएका छन्।

बिहीबार बिहान महिलातर्फ भएको लिग चरणको अन्तिम खेलमा न्यु डायमण्डले एपीएफलाई ३–० को सोझो सेटमा हराउँदै शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको हो।

पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको डायमण्डले दोस्रो सेट २५–२३ र तेस्रो सेट समेत २५–२३ ले हराउँदै शीर्षस्थानमा उक्लिएको हो। डायमण्डले लिगचरणमा गण्डकी र एभरेष्ट भलिबललाई ३–० को सोझो सेटमा हराएको थियो।

राउन्ड रोविन लिगको आधारमा भएको खेलमा कुल चार टिमका सहभागिता रहेको थियो। शीर्ष दुई टिम सोझै फाइनल खेल्ने तालिका अनुसार डायमण्ड र एपीएफ यस अघि नै शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरिसकेका थिए।

लिगको अन्तिम खेलको रुपमा रहेको यी दुई बिचको खेल फाइनल अघिको प्रशिक्षण सरह मानिएको छ। दुवै टिमले फाइनल अघि एक अर्काको रणनीतिलाई बुझ्ने अवसर पाएका छन्।

एपीएफले आफ्नो बेन्चमा रहेका खेलाडीलाई कोर्टमा उतारेको थियो। उता डायमण्डले पनि बेन्चका खेलाडीलाई अवसर दिएको थियो।

हारपश्चात एपीएफ दोस्रो स्थानमा रह्यो। एपीएफको कुल ३ खेलबाट ६ अंक रह्यो। एपीएफले लिग चरणमा एभरेष्टलाई ३–० को सोझो सेट र गण्डकीलाई ३–१ को सेटमा हराएको थियो।

यस्तै, आजै भएको प्रतिष्ठाको खेलमा एभरेष्टले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हरायो। पहिलो सेट प्रतिस्पर्धात्मक रहेपनि नतिजा भने एभरेष्टको पक्षमा २६–२४ रह्यो। दोस्रो सेटमा २५–१३ र तेस्रो सेटमा २५–१९ ले हराउँदै एभरेष्टले जित हासिल गरेको हो।

यो सँगै एभरेष्टले ३ खेलमा दुइ जित एक हारसहित ३ अंक जोड्दा ३ खेलमै हार व्यहोरेको गण्डकी अन्तिममा रह्यो।

उता पुरुषतर्फ नेपाल पुलिस एक खेल अगावै फाइनल प्रवेश गरेपनि अन्य टिमको टुंगो भने विहिबारमात्रै लाग्यो।

बुधबार निर्धारित समयअनुसार एपिएफ र गण्डकीको खेल खराब प्रकाशका कारण हुन नसकेपछि विहिबार विहानमात्रै खेल भएको थियो।

उक्त खेलमा एपिएफले गण्डकीलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको हो। एपीएफले गण्डकीमाथि २५–१८, २५–२३ र २५–१६ को हार व्यहोरेको हो।

एपीएफको दुई खेलबाट ६ अंक छ। उता पुलिसको पनि ६ अंक नै छ । दुवै टोलीको ६–६ अंक रहेपनि शीर्षको होडमा लिगचरणको अन्तिम खेल खेलेका पुलिस र एपिएफको खेल समेत प्रकाश अभावका कारण रोकिएको छ।

पुलिस र एपिएफले १–१ सेट जिते। पहिलो सेट पुलिसले २५–१८ ले आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेटमा पुलिस १९–२५ ले पछि पर्‍यो।

प्रतिष्ठाको खेलमा गण्डकीले गलकोटलाई ३–२ को सेटमा हरायो। पहिलो सेट २५–२२ ले जितेको गण्डकीले दोस्रो सेट २१–२५ ले गुमायो। तेस्रो सेट २५–१७ जितेपनि पुनः चौथो सेटमा २४–२६ को हार व्यहोर्‍यो।

अन्तिम तथा फाइनल सेटमा १५–१३ को जित निकाल्न सफल भएको हो। यो सँगै गण्डकीको कुल ३ खेलबाट २ अंक रहँदा गलकोटको १ अंक रह्यो।

भोलिको खेल
महिलातर्फ – तेस्रो स्थानका लागि : गण्डकी र एभरेष्ट, उपाधिका लागि : एपीएफ र न्यु डायमण्ड
पुरुषतर्फ – तेस्रो स्थानका लागि : गण्डकी र गलकोट, उपाधिका लागि : एपीएफ र पुलिस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .