एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशविरुद्ध बागमती प्रदेशले अग्रता लिएको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा जारी खेलको पहिलो हाफ सकिँदा सुुदूरपश्चिमविरुद्ध बागमतीले ३–० को अग्रता लिएको छ।
पहिलो हाफको १७ औँ मिनेटमा अस्मिता खवासको गोलमा बागमतीले सुरुवाती अग्रता लिएको छ।
२६ औँ मिनेटमा सहारा लिम्बुको गोलमा बागमतीले अग्रता दोब्बर पार्यो।
खेलको ३७ औँ मिनेटमा आरती भुजेलको गोलमा बागमतीले ३–० को अग्रता लियो।
33
Shares
प्रतिक्रिया