उनले साह्रै शान्त, सहज तरिकाले विश्व कीर्तिमान तोडिन्। र, अहिले इन्टरनेटमा सबैको प्रिय बनेकी छन्।
उनी हुन् किम यजी। दक्षिण कोरियाकी ३१ वर्षीया सार्प सुटर। पेरिस ओलम्पिकमा सहभागी भएपछि उनी सामाजिक सञ्जालमा अचानक भाइरल भएकी छन्।
आइतबार किमले १० मिटर एयर पिस्तोलमा रजत पदक जितिन्। उनकै १९ वर्षीया टिममेट ओ य जिनले स्वर्ण जितिन्।
तर, गत मेमा अजरबैजानमा भएको प्रतिस्पर्धाको भिडिओ चाहिँ एक्समा भाइरल भएको छ। जसले ८१ लाख भ्युज पाइसकेको छ।
भिडिओमा किम क्याप पछाडि फर्काएर लगाउँछिन्। उनको कडा नजर लक्ष्यमा केन्द्रित छ। उनको हात तन्किएको छ भने टाउको अलिकति झुकेको छ। उनी गोली चलाउँछिन्। र, नयाँ विश्वकीर्तिमान कायम गर्दा पनि उनी खास प्रतिक्रिया जनाउँदिनन्।
त्यसपछि उनी आफ्नो विशिष्ट खालको चस्माको लेन्स हटाएर क्यामरामा नियाल्छिन्।
— 밤톨러 (@bamtolerate) July 29, 2024세계신기록 클립 더 길게 따옴,, 뉴스에서 짤렸던 뒷부분이 더 미침... pic.twitter.com/Gn2nyIMnMF
आइतबारको प्रदर्शनको तस्बिर पनि अनलाइनमा निकै चर्चित बन्यो।
उनको एउटा तस्बिरमा एक एक्स प्रयोगकर्ताले लेखेका छन्, ‘मैले आजसम्म कसैको तस्बिरमा यत्तिको प्रभा देखेको थिइनँ।’

हुँदाहुँदा इलोन मस्कले समेत उनलाई एक्सन फिल्ममा खेलाउनुपर्ने राय दिए।
पहिलोपटक ओलम्पिकमा सहभागी भएकी किम शुक्रबार २५ मिटरको पिस्टोल सुटिङमा सहभागी हुनेछिन्।
Shares

प्रतिक्रिया