ad ad

कारोबार


दमौलीमा ४०० केभी क्षमताको सबस्टेसन निर्माणका लागि भारतीय कम्पनीसँग ठेक्का सम्झौता

दमौलीमा ४०० केभी क्षमताको सबस्टेसन निर्माणका लागि भारतीय कम्पनीसँग ठेक्का सम्झौता

नेपालखबर
साउन १६, २०८१ बुधबार १६:३४, काठमाडौँ

एमसीए–नेपालले तनहुँ जिल्लाको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेसन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एण्ड इन्जिनियरिङ लिमिटेडसँग ३.८८ करोड अमेरिकी डलरको ठेक्का सम्झौता गरेको छ।

यो सँगै अमेरिकी सरकारको एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण गर्न लागिएका तीनवटै ४०० केभी सबस्टेसन निर्माणसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

नयाँ दमौली सबस्टेसनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेसनबीच विद्युत् प्रसारणका लागि महत्वपूर्ण सेतुका रूपमा काम गर्ने एमसीए नेपालको विश्वास छ।

कार्यक्रममा सिँचाइ तथा ऊर्जामन्त्री दीपक खड्काले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण गरिने सबस्टेसनले नेपालको विद्युत् वितरण प्रणालीको सशक्तिकरणमा महत्वपूर्ण योगदान गर्दै आर्थिक समृद्धिका लागि मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्प्सन, अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे, एमसीए–नेपालका सञ्चालक समितिका सदस्यहरू, नेपाल सरकार, अमेरिकी दूतावासका अधिकारीहरू र अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .